काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
आन्दोलनरत कर्मचारीहरूले सरकारको उक्त तयारीका कारण लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने अवस्था सिर्जना भएको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरूले वर्षौंसम्म विभिन्न मन्त्रालयमा सेवा दिँदै आएका कर्मचारीलाई हटाएर बाह्य स्रोत (आउटसोर्सिङ) मार्फत कर्मचारी व्यवस्थापन गर्न खोजिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन्।
धर्नामा सहभागी कर्मचारीहरूले आफ्नो सेवाको निरन्तरता र रोजगारीको सुनिश्चितता गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
करार कर्मचारीहरूले माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर