रौतहट। रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। घटनामा उनको घाँटीभन्दा तलको करिब ३५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ।
गरुडा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा डिप्रेसनको समस्यामा रहेका सहनीले मंगलबार राति आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका हुन्।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घाइतेको स्वास्थ्य अवस्थाबारे निगरानी भइरहेको छ। प्रारम्भिक रूपमा उनी डिप्रेसनबाट पीडित रहेको जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष सहनीका अनुसार गौतमकुमार सहनी श्रीमती र तीन छोरासहित गरुडा बजारको झाझ पुल नजिक छाप्रे होटल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर