काठमाडौं । काठमाडौं महानगरपालिकाका महानगर प्रहरी ड्युटीमा फर्किएका छन्। ड्युटीमा फर्किएलगत्तै उनीहरूले नयाँ सडक क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान सुरु गरेका छन्।
महानगर प्रहरीले सडक किनार तथा निषेधित क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारीसाधन हटाउँदै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन कारबाही थालेको जनाएको छ।
नयाँ सडक क्षेत्रमा महानगर प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारीसाधन हटाउने तथा नियमविपरीत पार्किङ गर्ने सवारीमाथि आवश्यक कारबाही गरिरहेका छन्।
महानगरले सार्वजनिक सडक अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रण अभियानलाई निरन्तरता दिइने तथा तोकिएको स्थानबाहेक पार्किङ नगर्न सवारीधनीलाई आग्रह गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर