काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखकाे शिखर सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्किनुभएको छ।
उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा असार २३ र २४ गते आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसंघ र प्रहरी संगठनबीचको सहकार्य, नयाँ प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सहयोग, लैङ्गिक उत्तरदायित्व, भाषा तथा प्रशिक्षण र उच्चस्तरीय सञ्जाल निर्माणलगायत विषयमा छलफल भएको थियो।
सम्मेलनका क्रममा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसंघका उच्च अधिकारी तथा विभिन्न देशका सुरक्षा निकायका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो।
उहाँहरू सम्मेलनमा सहभागी हुन असार २१ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको थियो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर