काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणीकरण भएको जानकारी गराउनुभएको हो।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएका विधेयकमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ रहेका छन्। यी तीनवटै विधेयक २०८३ साल असार ३० गते राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। उहाँले संवैधानिक व्यवस्थाअनुसार उक्त प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको जानकारी दिनुभयो।
यसैबीच, राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष दाहालले जानकारी गराउनुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर