काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि नेपाली कुस्ती टोली बिहीबार भारत जाने भएको छ । पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल (८६ केजी) र राज यादव (१२५ केजी) रहनुभएको छ । महिलामा सुशीला चन्द (६२ केजी) र शिवांगी दुवे (५७ केजी) हुनुहुन्छ ।
प्रशिक्षकमा राजेन्द्र चन्द तथा व्यवस्थापकमा खगेन्द्रबहादुर बस्नेत र मुम्ताज अली इद्रिसी हुनुहुन्छ । करिब ४५ दिन खेलाडी नयाँदिल्ली, उत्तर प्रदेशको नन्दनीनगरलगायत विभिन्न एकेडेमीमा प्रशिक्षणमा रहने नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिनुभयो ।
एसियाली खेलकुद जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म हुनेछ । अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै जापान जानेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर