काठमाडौं । वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । शर्मा केही समयदेखि मुटुसम्बन्धी रोग, मधुमेह तथा कलेजोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि सक्रिय शर्मा विसं.२०२७ सालदेखि साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’ को सम्पादन तथा प्रकाशनमा संलग्न हुनुहुन्थ्यो । लामो समय उक्त पत्रिकाको सम्पादकका रूपमा नेतृत्व गर्नुभएका उहाँ पछिल्लो समय पत्रिकाको संरक्षकको भूमिकामा रहनुभएको थियो ।
शर्मा कथा र उपन्यास विधामा समेत सक्रिय स्रष्टा हुनुहुन्थ्यो । उहाँका ‘दिवास्वप्न’ र ‘महापुरुष’ उपन्यास प्रकाशित छन् भने ‘पिपलको बोटमुनि’ कथासंग्रह पाठकमाझ चर्चित कृतिका रूपमा परिचित छ । नेपाली साहित्य तथा साहित्यिक पत्रकारितामा उहाँले पुर्याउनुभएको योगदानको विभिन्न साहित्यिक वृत्तबाट उच्च मूल्यांकन हुँदै आएको छ । शर्माका श्रीमती तथा दुई छोरा हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर