काठमाडौं । आगामी साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ प्रदर्शनअघि नै साइप्रसमा सोल्ड आउट भएको छ । निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार चलचित्रको साइप्रस प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ भने अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि छलफल भइरहेको छ ।
शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको निर्देशन ओम प्रतीकले गर्नुभएको हो । वास्तविक घटनाबाट प्रेरित यस चलचित्रले समाजमा सकारात्मक परिवर्तनको सन्देश दिने निर्माण पक्षको दाबी छ ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगातका कलाकारको अभिनय छ । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर