काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्याण्ड २०२६’मा सहभागिता जनाउन नेपालका तीन नृत्य टोलीसहितको जम्बो प्रतिनिधिमण्डल थाइल्याण्ड पुगेको छ । विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफर सहभागी हुने प्रतियोगितामा नेपालबाट ‘टिम एनटी’, ‘दि इननेट सउल’ र ‘एनडिए जुनियर’ले प्रतिस्पर्धा गर्नेछन् ।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’बाट छनोट भएका टोलीले थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गरिरहेका हुन् । ‘टिम एनटी’ टिम डिभिजनको विजेता, ‘दि इननेट सउल’ रनरअप तथा ‘एनडिए जुनियर’ जुनियर टिम डिभिजनको विजेता टोली हो । प्रतियोगिताको उद्घाटन समारोह बुधबार साँझ बैंककमा भएको छ ।
यसैबीच, नेपाली नृत्य निर्देशक जेडी तमु प्रतियोगिताको निर्णायक मण्डलमा समावेश हुनुभएको छ । विश्वका विभिन्न देशका प्रतिष्ठित निर्णायकसँगै उहाँले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । निर्देशक गहतराजले यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यसस्तरमा निर्णायक चयन हुनु नेपाली नृत्य क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
यस वर्षको प्रतियोगितामा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि निर्णायकका रूपमा सहभागी हुनुहुनेछ । न्यूजिल्याण्डकी पियर्स अमेरिकी पपस्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’को म्युजिक भिडियोको कोरियोग्राफीका लागि परिचित हुनुहुन्छ ।
बैंककमा जुलाई १५ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वका विभिन्न देशबाट सयौं नर्तक तथा नृत्य टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । विभिन्न विधाका नृत्य प्रस्तुति, प्रतिस्पर्धात्मक प्रदर्शन र सांस्कृतिक आदानप्रदानसहित प्रतियोगिता आठ एपिसोडमा सञ्चालन हुनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर