काठमाडौं । यसवर्षको मिस सुप्रन्यासनल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न मिस सुप्रन्यासनल नेपाल पूर्णिमा कार्की पोल्याण्डमा हुनुहुन्छ । प्रतियोगिताको फाइनल आगामी जुलाई ३१ मा हुने तय भएको छ । प्रतियोगिता अवधिभर कार्कीले राष्ट्रिय पोशाक, सुप्रा च्याट, प्रारम्भिक मूल्यांकनलगायत विभिन्न प्रतिस्पर्धात्मक चरणमा सहभागिता जनाउनुहुनेछ । प्रतियोगितामार्फत नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले विश्वमञ्चमा नेपालको झण्डा बोकेर उभिन पाउनु आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारी भएको बताउनुभयो । उहाँले व्यक्तिगत उपलब्धिभन्दा पनि यो सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको उल्लेख गर्दै आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मिस सुप्रन्यासनलका राष्ट्रिय निर्देशक सन्तोष उपाध्यायले यसपटक नेपालले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर