काठमाडौं । हिमाल सागर र एलिना चौहानको स्वरमा रहेको गीत ‘ताकधिन् ताकधिन् (मोहोनी लगायौ)’ सार्वजनिक भएको छ । हिमाल र एलिनाको यो पहिलो युगल गीत हो । गीतकार नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज छ । प्रेमिल भाव र सहज शब्दका कारण गीतले श्रोता-दर्शकमाझ लोकप्रियता हासिल गर्ने विश्वास गीतकार उप्रेतीले व्यक्त गर्नुभएको छ ।
शक्तिप्रज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियोमा स्मारिका ढकाल र प्रभात पल ठकुरीको अभिनय तथा नृत्य छ । भिडियोको छायांकन राजेश घिमिरेले, नृत्य निर्देशन प्रवीण थापाले तथा सम्पादन शिलन लम्सालले गर्नुभएको हो । भिडियोमा नुवाकोटका रमणीय दृश्य समेटिएका छन् ।
गीतको भिडियो ‘खुशी इन्टरटेन्मेन्ट नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत स्पोटिफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिकलगायत विभिन्न डिजिटल अडियो प्लेटफर्ममा पनि उपलब्ध रहेको जनाइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर