यो एउटा महत्वपूर्ण प्रश्न हो मधेस साँचै पछाडि परेको हो ? या राज्यले ध्यान नदिएको हो ? या हेपेको हो ? या शिक्षाको कमीले यस्तो भएको हो ? कारण के ? दोष कसलाई दिने ? उत्तर कसले दिने ? हालै एउटी छोरी दाइजोको कारण मारिइन् । यस्ता धेरै घटनाहरू पटक पटक हुनेगरेका छन् । ती छोरीका बुबा जब रिपोर्ट लेखाउन प्रहरी चौकी जानुभयो किन उहाँको उक्त रिपोर्ट तुरुन्तै दर्ता गरिएन ? किन महिनौंपछि मात्र रिपोर्ट दर्ता गरियो ? किन ढिलो भयो ? रिपोर्ट अनुसारको अनुसन्धान किन भएन ? कारण के हो ? उजुरीलाई गम्भीर रूपमा लिइएन । कारण राजनीतिक वा सामाजिक दबाब पुग्न सकेन, आरोपी पक्ष शक्तिशाली थियो, भ्रष्टाचार गरेर कमाएको पैसा वा पहुँचको प्रभाव थियो, प्रक्रियागत कमजोरी भयो, कानुनी जिम्मेवारी नबुझेर टारियो र महिनौंपछि मात्र रिपोर्ट बुझियो ।
परिवारलाई समाजको पहिलो विद्यालय भनिन्छ तर के आजका परिवारहरूले आफ्ना सन्तानको मानसिक अवस्था, इच्छा र समस्या बुझ्न पर्याप्त प्रयास गरिरहेका छन् ? धेरै अवस्थामा देखिन्छ कि अध्ययन, करियर र भविष्यको योजनाभन्दा पनि सामाजिक दबाब र परम्परागत सोचलाई प्राथमिकता दिइन्छ । शिक्षा केवल पुस्तकमा सीमित छ वा जीवनमा सही निर्णय लिन सिकाउने माध्यम पनि बनेको छ ।
इच्छाशक्तिको कमी, प्रभावशाली व्यक्तिको दबाब, प्रणालीगत भ्रष्टाचार, महिला हिंसाको न्यूनीकरणलाई प्राथमिकता नदिने प्रवृत्ति, पीडित परिवार गरिब वा कमजोर हुनुजस्ता कारण यसमा प्रभावी बन्नपुगे । दोष कसलाई दिने ? दाइजोले छोरीलाई बोझ मान्ने सोच, गरिब परिवारमाथि आर्थिक दबाब, घरेलु हिंसा, दाइजो माग्ने र हिंसा गर्ने परिवारविरुद्ध उजुरी नलिने वा ढिलाइ गर्ने निकायलाई दबाब दिन नसक्ने, कानुन बनाएर लागू नगर्ने राज्यलाई उत्तर कसले दिने ? प्रहरी प्रशासनले किन उजुरी तुरुन्त लिएन ? महिला सुरक्षा किन कमजोर छ ? अदालतले न्याय कहिले दिन्छ ? समाजले दाइजो किन अझै स्वीकार्छ ? के शिक्षाको कमी यसको कारण हो ?
आजको समयमा किशोर-किशोरीहरूबीच कम उमेरमै घरबाट भागेर विवाह गर्ने, त्यसपछि सामाजिक सञ्जालमा भिडियो बनाएर सार्वजनिक गर्ने घटनाहरू देखिन थालेका छन् । यी घटनाहरूले समाजमा ठूलो बहस सिर्जना गरेका छन् । यस्तो परिस्थितिमा सबैभन्दा ठूलो प्रश्न उठ्छ-के यस्ता घटनाको जिम्मेवारी केवल युवतीहरूमात्रै हुन् ? कि यसको जरा परिवार, शिक्षा प्रणाली र सम्पूर्ण सामाजिक संरचनासँग जोडिएको छ ? के आजका अभिभावकहरूले अफ्ना छोराछोरीलाई पर्याप्त समय, ध्यान र सही मार्गदर्शन दिन सकेका छन् ? के शिक्षा प्रणालीले उनीहरूलाई सही निर्णय लिन सक्षम बनाइरहेको छ ? वा कतै युवाहरू गलत बाटोमा जानुमा बुझाइ र चेतनाको कमी पनि कारण हो ?
परिवार र शिक्षा प्रणालीको भूमिका :
परिवारलाई समाजको पहिलो विद्यालय भनिन्छ तर के आजका परिवारहरूले आफ्ना सन्तानको मानसिक अवस्था, इच्छा र समस्या बुझ्न पर्याप्त प्रयास गरिरहेका छन् ? धेरै अवस्थामा देखिन्छ कि अध्ययन, करियर र भविष्यको योजनाभन्दा पनि सामाजिक दबाब र परम्परागत सोचलाई प्राथमिकता दिइन्छ । शिक्षा केवल पुस्तकमा सीमित छ वा जीवनमा सही निर्णय लिन सिकाउने माध्यम पनि बनेको छ ? यदि शिक्षा व्यावहारिक र सचेतनामा आधारित हुन्थ्यो भने के यस्ता घटना कम हुने थिए ।
बालविवाह र सामाजिक सञ्जालको प्रभाव
हालका वर्षमा सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेको छ । किशोर-किशोरीहरूले आफ्नो व्यक्तिगत जीवनका घटना पनि भिडियो बनाएर सार्वजनिक गर्ने प्रवृत्ति देखिन्छ तर के उनीहरूले यसको दीर्घकालीन असर बुझिरहेका छन् ? के सामाजिक सञ्जालले उनीहरूलाई सही मार्ग देखाइरहेको छ ? वा गलत दिशामा पनि प्रभाव पारिरहेको छ ? के सबै कुरा सार्वजनिक गर्नु नै सही हो ? वा केही कुरा निजी र सुरक्षित राख्नु आवश्यक छ ? यस्ता प्रश्नहरू अहिले समाजमा गम्भीर रूपमा उठिरहेका छन् ।
दाइजो प्रथा र विरोधको अवस्था
नेपालमा दाइजो प्रथा कानुनी रूपमा गलत भए पनि केही ठाउँमा अझै यसको प्रभाव देखिन्छ । केही युवती र युवाहरू यसविरुद्ध आवाज उठाउने प्रयास गर्छन् तर कहिलेकाहिँ उनीहरूलाई नै आलोचना गरिन्छ वा गलत बुझाइको सामना गर्नुपर्छ । के दाइजोविरुद्ध बोल्नु अपराध हो ? वा यस समाज सुधारको प्रयास हो ? किन परिवर्तनको कुरा गर्ने व्यक्तिहरू नै कहिलेकाहिँ आलोचनाको केन्द्रमा पर्छ ? के समाज अझै पनि परम्परागत सोचबाट बाहिर निस्कन तयार छैन ? वा परिवर्तनलाई स्वीकार गर्न समय लागिरहेको छ ?
युवतीहरूको आत्मविश्वास र समाजको भूमिका
के कतिपय युवतीहरूमा आत्मविश्वासको कमी छ ? वा उनीहरूलाई खुला रूपमा बोल्ने अवसर नै दिइएको छैन ? धेरै अवस्थामा देखिन्छ कि परिवार र समाजले उनीहरूलाई स्वतन्त्र निर्णय लिन पर्याप्त अधिकार नदिएको हुनसक्छ तर अर्कोतर्फ, आज धेरै युवतीहरू शिक्षित, आत्मनिर्भर र सक्षम पनि छन् । उनीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । त्यसैले प्रश्न उठ्छ-समस्या व्यक्तिमा हो वावातावरणमा ? के सबै युवतीहरू एउटै परिस्थितिमा छन् ? वा उनीहरूको परिवेश, परिवार र अवसर फरक-फरक छन् ?
मधेस वा कुनै पनि क्षेत्र “पछाडि परेको” भन्ने कुरा केवल भौगोलिक वा जातीय विषयमात्र होइन, यो अवसर, शिक्षा, समानता र राज्यको पहुँचसँग सम्बन्धित प्रश्न हो । राज्यको ध्यान नपुग्नु, कानुनको कमजोर कार्यान्वयन, भ्रष्टाचार र सामाजिक दबाबले समस्या अझ गहिरो बनाएको देखिन्छ तर यसको अर्थ सबै दोष राज्यलाई मात्र दिनु पनि उचित हुँदैन ।
समाज, परिवार र राज्यको जिम्मेवारी
यदि कुनै समस्या बारम्बार दोहोरिन्छ भने त्यसका कारण केवल एक व्यक्ति होइन, प्रणाली हुनसक्छ । के राज्यले बालविवाह रोक्न पर्याप्त काम गरिरहेको छ ? के कानुन प्रभावकारी रूपमा लागू भइरहेको छ ? के सामाजिक सचेतना अभियान पर्याप्त छ ? परिवारले आफ्ना सन्तानलाई सुरक्षित, शिक्षित र आत्मनिर्भर बनाउन कति भूमिका खेलिरहेको छ ? समाजले परिवर्तनलाई स्वीकार गर्न कति तयार छ ?
निष्कर्ष :
उल्लेखित सबै घटना दाइजोका कारण हुने हिंसा, बालविवाह, किशोर–किशोरीको भागेर विवाह गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग तथा उजुरी दर्तामा हुने ढिलाइ यी कुनै एक व्यक्तिको मात्र समस्या होइनन् । यी सबै समस्याहरू समाजको गहिरो संरचना, सोच, शिक्षा प्रणाली र शासन व्यवस्थासँग जोडिएका छन् । मधेस वा कुनै पनि क्षेत्र “पछाडि परेको” भन्ने कुरा केवल भौगोलिक वा जातीय विषयमात्र होइन, यो अवसर, शिक्षा, समानता र राज्यको पहुँचसँग सम्बन्धित प्रश्न हो । राज्यको ध्यान नपुग्नु, कानुनको कमजोर कार्यान्वयन, भ्रष्टाचार र सामाजिक दबाबले समस्या अझ गहिरो बनाएको देखिन्छ तर यसको अर्थ सबै दोष राज्यलाई मात्र दिनु पनि उचित हुँदैन किनकि समाज, परिवार र व्यक्तिको भूमिका पनि समान रूपमा महत्वपूर्ण हुन्छ ।
दाइजो र महिला हिंसाका घटनामा प्रहरी प्रशासनले ढिलाइ गर्नु, उजुरीलाई गम्भीर रूपमा नलिनु वा शक्तिशाली व्यक्तिको प्रभावमा पर्नु न्याय प्रणालीमाथिको ठूलो प्रश्न हो । यस्तो अवस्थामा पीडित परिवारलाई न्याय पाउन अझै कठिन हुन्छ, जसले समाजमा असमानता र अविश्वास बढाउँछ । त्यस्तै बालविवाह, भागेर विवाह गर्ने प्रवृत्ति र सामाजिक सञ्जालमा गलत प्रस्तुति पनि केवल व्यक्तिगत कमजोरी होइन, यो शिक्षा, मार्गदर्शन र सचेतनाको कमीको परिणाम हो । जबसम्म परिवारले आफ्ना सन्तानलाई खुला संवाद, सही शिक्षा र स्वतन्त्र सोच दिने वातावरण तयार गर्दैन, तबसम्म यस्ता समस्या दोहोरिरहन्छन् । अन्ततः, दोषारोपणभन्दा बढी आवश्यक कुरा जिम्मेवारी हो । राज्यले कानुन प्रभावकारी रूपमा लागू गर्नुपर्छ, समाजले पुराना गलत सोच त्याग्नुपर्छ, परिवारले सही मार्गदर्शन दिनुपर्छ र व्यक्तिले पनि सचेत निर्णय लिन सिक्नुपर्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर