नाइब आर्मान्डो बुखेले दक्षिण अमेरिकी महादेशको इ साल्भाडोरमा जन्मिएका व्यक्ति थिए । उनको पूरा नाम नाइब आर्मान्डो बुखेले ओर्तेज हो । उनको जन्म २४ जुलाई १९८१ मा एल साल्भाडोरमा भएको हो । उनका पिता आर्मान्डो बुखेले सफल व्यवसायी र इस्लामका अगुवा थिए र उनको परिवार प्यालेस्टिनी मूलको हो । उनले एल साल्भाडोरको सेन्ट्रल अमेरिकन युनिभर्सिटीमा कानुन अध्ययन सुरु गरे, तर पूरा भने गर्न सकेनन् । पछि व्यवसाय र राजनीतिमा लाग्दै, उनी २०१२ मा नुएकोत कुस्काटलानका मेयर बने अनिपछि सान साल्भाडोरका मेयर । २०१९ मा भएको निर्वाचनमा उनी विजय हुँदै राष्ट्रपति चुनिए र दोस्रो कार्यकालका लागि सन् २०२४ मा भएको निर्वाचनमा निर्वाचित हुन सफलहुँदै दोस्रो राष्ट्रपतिको कार्यकाल सम्हालेका थिए । बुखेले अपराधविरुद्धका कडा नीतिहरू र प्रविधिको प्रयोगले उनी विश्वभर चर्चित बन्न पुगे ।
नाइब बुखेले र नेपालका प्रधानमन्त्री बालेन्द्र साहको राजनीतिक उदय समानान्तर देखिन्छ । कतिपयले त पर्याय नामको रूपमा चित्रण गर्ने गरेका छन् । दुबईका काम गर्ने शैली र गृहकार्यहरूलाई पर्यायवाची शब्दबोधको रूपमा ग्रहण गर्न थालेका छन् । दुवै राजनीतिक हस्तीहरूको राजनीतिक अवतरण पनि समान प्रकृतिको देखिन्छ । नगरको मेयरबाट प्रारम्भ भएको दुवैको राजनीति संसद् हुँदै कार्यकारी पदसम्म अवतरण हुन सफल भएको छ ।
नेपालमा पनि भाद्र २३ र २४ को ‘जेन-जी’ आन्दोलनपश्चात नेपालको परम्परावादी राजनीतिमा अप्रत्याशित घटनाक्रमहरू विकसित हुँदै गए । संक्रमणकालीन समयपश्चात आमनिर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुईतिहाइ मतका साथ संसद्को ठूलो शक्ति बन्न पुग्यो । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन्द्र साहलाई संसदीय दलको नेता चुन्दै नेपालको ३४ वर्षे प्रधानमन्त्री हुन सफल भए । भ्रष्टाचारविरुद्धको आन्दोलन छेड्दै सामाजिक सञ्जालको लोकप्रियतामार्फत सत्ताको बागडोर सम्हाल्न पुगेका बालेन्द्र साह र दक्षिणी अमेरिकी महादेश अन्तर्गतको एल साल्भाडोरका बुखेलेको राजनीतिक उदय परस्पर समानतामा आधारित देखिन्छ ।
दोस्रो विश्वयुद्धपश्चात् रुसले नेतृत्व गरिरहेको सोभियत संघ र अमेरिकाबीचको शीत युद्धले एल साल्भाडोरमा गुरिल्ला युद्ध र सामाजिक द्वन्द्वलाई प्रसय दिन पुग्यो । सरकारका विरुद्ध गुरिल्ला युद्धले संसय र तनाव उत्पन्न गर्यो । पिस प्रोसेसको बाटो अवलम्बन गर्दै युद्धरत शक्तिहरू सत्ताको बागडोर सम्हाल्न पुगे । एल साल्भाडोरका नागरिकहरूले शान्तिको राहत पाउने महसुस गरेका थिए तर संसदीय व्यवस्थाको मिलीभगत राजनीतिमा युद्धरत शक्ति र शान्ति प्रक्रियाका शक्तिहरू भ्रष्टाचार, कुशासन, गुण्डागर्दी, प्राकृतिक स्रोतसाधनको उपभोग जस्ता विषयहरूमा लिन हुनपुगे । एल साल्भाडोरको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनमा तात्विक प्रतिफल प्राप्त हुनसकेन । यिनै आरोह अवरोहहरूलाई चिर्दै सन् २०१२ मा सामाजिक सञ्जालको प्रयोगमार्फत अत्यन्तै चर्चामा आएका ३४ वर्षीय युवा नाइब बुखेलेको राजनीतिक यात्रा प्रारम्भ हुनगयो । एफएमएलयान नामक दलबाट राजनीतिक प्रारम्भ गरेका बुखेले २०१५ को नगर चुनावको मेयर बन्न पुगे । नागरिकमा कुण्ठित रहेको आशा सामाजिक सञ्जालबाट बुखेलेले प्रस्फोटन गर्न सफल भए । सन् २०१५ देखि सन् २०१८ सम्म उनी मेयरको पद्मा निर्वाचित भई समाज राजनीति अर्थशास्त्र र प्रविधिलाई झन नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । लाग्थ्यो बुखेले हार्नलाई जन्मिएका होइनन् नभन्दै सन् २०१९ मा भएको आमनिर्वाचनमा बुखेले देशको राष्ट्रपति हुनपुगे ।
राजनीतिक सुधारका लागि उनी निर्वाचित भएपश्चात थुप्रै नीतिगत र संरचनागत निर्णयहरू गर्न सफल भए । उनका कैयौं निर्णयहरूमध्ये ज्ञान अपराधविरुद्ध कडा अभियान सञ्चालन गरिएको थियो । हजारौं ग्याङ समूहहरूलाई नियन्त्रणमा लिई उच्चस्तरीय प्रकृतिको जेल निर्माण गरी कैदीहरूलाई जेल राख्ने काम गरियो । आफ्नो सरकार सञ्चालनमा सहज होस् भनेर उनले २०२२ मा आपत्काल घोषणा गरे । बिटकोइन जस्ता संयन्त्रलाई आर्थिक रूपान्तरणका निमित्त कानुनी वैधानिकता दिने प्रयास गरे । यसले आमनागरिकमा लोकप्रियताको विकास गर्न बुखेलेलाई सहयोग पुर्यायो । उनले केही रणनीतिक कार्यक्रमहरू पर्यटन र पूर्वाधार विकासमा प्रारम्भ गरे । सामाजिक सञ्जालको प्रयोग र उत्प्रेरणाबाट राजनीतिक यात्रा प्रारम्भ गरेका बुखेलेले डिजिटल सरकारको विस्तारलाई निरन्तरता दिए । यी नीतिगत प्रयासहरूले बुखेलेलाई लोकप्रिय शासकको रूपमा चित्रण गर्न पुगे । सन् २०२४ को आमनिर्वाचनमा जनताको लोकप्रिय मतबाट बुखेले पुन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए ।
सन् २०२६ को पूर्वसन्ध्यामा प्रकाशित भारतीयमूलका अमेरिकी नागरिक फरेद जकरियाले प्रकाशित गरेको द एज अफ रिभोलुसन नामक पुस्तकमा जस्तै बुखेलेको राजनीतिक यात्रालाई पनि दएजअफ रिभोलुसनको संज्ञा दिन बान्छनीय हुन्छ । एल्भिन युजिन टफ्लरको दएजअफ इन्फरमेसन र थर्ड वेभ वास्तवमा बुखेले जस्ता नेताको उदयका लागि प्रक्षेपण गरिएका भविष्यवाणी थिए भनेर बुझ्न कुनै कठिन हुनेछैन ।
दएजअफ इन्फरमेसन होस् वा दएजअफ रिभोलुसन प्रविधि र सञ्चारजगतको विकासले राजनीतिमा थुप्रै उतारचढाव सिर्जना गरेको छ । एकातर्फ डिजिटल युग र प्रविधि सँगसँगै कुदिरहेका छन् भने अर्कोतर्फ हाम्रा पुरातन शैली अथवा परम्परावादी सोचहरू पनि जीवित छन् । संसारमा पछिल्लो समय राजनीतिक रूपमा आएका राजनीतिक छालहरूले परम्परावादी शक्तिहरूलाई कमजोर तुल्याई युवामैत्री नेतृत्व विकसित हुनु आश्रयजनक विषय रहेन बरू ती नेतृत्वहरूले समाज राष्ट्र वा देशलाई शान्ति, विकास र समृद्धिको मार्गतर्फ लैजान कति उद्वेलित हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण हो ।
बुखेले दोस्रो निर्वाचन मा निर्वाचित भएपछि उनले केही सुधारवादी कार्यक्रमहरू अघि सारे । एल साल्भाडोरको भविष्य परिवर्तनका लागि सुरक्षा र अर्थनीतिमा केही सुधारवादी कार्यक्रमहरू अगाडि बढाए । आर्थिक सुधार योजना प्रारम्भ भयो, खाद्यवस्तुको मूल्य घटाउने र कृषि आयातमा भन्सार शुल्कको छुट जस्ता कार्यक्रमहरू अगाडि बढाए । प्रविधि पार्क निर्माण र डाटा सेन्टरको योजना अघिसारे । बन्दरगाहको आधुनिकी करणका लागि लगानीमैत्री वातावरण तय गरे । सन् २०१९ सम्म प्रतिबन्ध गरिएको धातु उत्खनन कार्यलाई अघि बढाउने निर्णयसमेत गर्न सफल भए । सुरक्षा अभियानलाई विशेष चासोका साथ अघि बढाउँदै संविधान का केही ठोस वस्तुहरूको परिवर्तनसमेत गरेका छन् ।
नाइब बुखेले र नेपालका प्रधानमन्त्री बालेन्द्र साहको राजनीतिक उदय समानान्तर देखिन्छ । कतिपयले पर्याय नामको रूपमा चित्रण गर्ने गरेका छन् । दुबईका काम गर्ने शैली र गृहकार्यहरूलाई पर्यायवाची शब्दबोधको रूपमा ग्रहण गर्न थालेका छन् । दुवै राजनीतिक हस्तीहरूको राजनीतिक अवतरण पनि समान प्रकृतिको देखिन्छ । नगरको मेयरबाट प्रारम्भ भएको दुवैको राजनीति संसद् हुँदै कार्यकारी पदसम्म अवतरण हुन सफल भएको छ । काम गर्ने सिलसिला र नीतिनिर्माणका कार्यहरू समान जस्ता देखिने हुँदा दुवै व्यक्तिलाई पर्याय व्यक्तिको रूपमा हेरिनु किमार्थ गलत हुनेछैन । तर, अन्तर्देशीय रूपमा एल साल्भाडोर र नेपालको भौगोलिक, राजनीतिक र सामाजिक बनोट भिन्नै छ । राजनीतिक रूपमा कतिपय कुराहरू दुवै देशका मिल्न गएका छन् । नेपालमा भएको दश वर्षीय सशस्त्रद्वन्द्व होस् वा दोस्रो विश्वयुद्धपश्चात एक साल्भाडोरमा भएको युद्ध होस्, नेपालमा भाद्र २३ र २४ पछि उत्पन्न परिस्थिति होस् वा सन् २०१२ पश्चात् एल साल्भाडोर मा भएको परिवर्तनको प्रकृति होस् धेरै कुराहरू वर्तमान राजनीतिक परिपाटीमा विश्लेषण गर्दा मिल्न गएको देखिन्छ । एल साल्भाडोरको जनसंख्या वा क्षेत्रफलको हिसाबले नेपाल दुवै देशबीच साल्बाडोरको तुलनामा अगाडि छ ।
दएजअफ इन्फरमेसन होस् वा दएजअफ रिभोलुसन प्रविधि र सञ्चारजगतको विकासले राजनीतिमा थुप्रै उतारचढावहरू सिर्जना गरेको छ । एकातर्फ डिजिटल युग र प्रविधि सँगसँगै कुदिरहेका छन् भने अर्कोतर्फ हाम्रा पुरातन शैली अथवा परम्परावादी सोच पनि जीवित छन् । संसारमा पछिल्लो समय राजनीतिक रुपमा आएका राजनीतिक छालहरूले परम्परावादी शक्तिहरूलाई कमजोर तुल्याई युवामैत्री नेतृत्व विकसित हुनु आश्रयजनक विषय रहेन बरू ती नेतृत्वहरूले समाज राष्ट्र वा देशलाई शान्ति, विकास र समृद्धिको मार्गतर्फ लैजान कति उद्वेलित हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण हो । माथि उल्लेखित विषय समय परिवर्तनको प्रष्ट ऐना हो । यी ऐनाका तरंगहरूले नागरिकको जनजीविकामा कति परिवर्तन हासिल गर्नसक्छ यो भने पर्खर हेरको स्थितिमा छ । देश, पात्रत्व, नेतृत्व र परिवेश समानान्तर देखिएकाले बिम्बात्मक रूपमा यस लेखमा दुई राष्ट्रका प्रमुखहरूको समान चरित्र उल्लेख गर्न प्रयत्न गरिएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर