काठमाडौं । साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । यससँगै अर्जेन्टिनालेलगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलले नाटकीय मोड लिएको थियो । सुरुआतमा अग्रता इङ्ग्ल्यान्डले लिए पनि अन्तिम समयमा अर्जेन्टिनाले दुई गोल गर्दै जित आफ्नो पक्षमा पारेको हो ।
पहिलो हाफ दुवै टोलीले निकै सावधानीपूर्वक खेले। मध्य मैदानमा बल नियन्त्रणका लागि कडा प्रतिस्पर्धा भए पनि कुनै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेन । सन् १९६६ यताकाको विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको खेलमा पहिलो ३० मिनेटसम्म एउटै पनि शट नलागेको यो पहिलो अवसर बनेको छ । यसअघि सबैभन्दा ढिलो पहिलो शट लागेको विश्वकप खेल इङ्ग्ल्यान्ड र नर्वेबीच भएको थियो, जहाँ पहिलो प्रहार २९औँ मिनेटमा भएको थियो ।
दोस्रो हाफ सुरु भएपछि भने खेलको लय पूर्ण रूपमा बदलियो । ५६औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले सही समयमा दौड पूरा गर्दै गोलमा परिणत गरेपछि इङ्ग्ल्यान्डले १–० को अग्रता बनाएको थियो ।
गोल खाएपछि अर्जेन्टिनाले आक्रामक खेल प्रस्तुत गर्यो। बल नियन्त्रण बढाउँदै लगातार दबाब सिर्जना गरेको अर्जेन्टिनाले खेलको अन्तिम चरणमा त्यसको प्रतिफल पनि पायो । पहिले लाउटारो मार्टिनेजले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनुभयाे । त्यसको केही समयपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै साविक विजेतालाई २–१ को अग्रता दिलाउनुभयाे ।
अग्रता गुमाएपछि इङ्ग्ल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि अर्जेन्टिनाको संगठित रक्षापंक्तिलाई भेद्न सकेन । इन्जुरी समयमा गोलरक्षक जोर्डन पिकफोर्डले लामो पासमार्फत अन्तिम प्रयास गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरक्षित रूपमा बल नियन्त्रण गर्दै टोलीको जित सुनिश्चित गर्नुभयाे ।
पहिलो हाफको सावधानीपूर्ण खेलपछि दोस्रो हाफमा तीन गोल भएको यो सेमिफाइनल रोमाञ्चक पुनरागमनका कारण विश्वकपकै स्मरणीय खेलमध्ये एक बनेको छ ।
यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ । अब आइतबार न्यू जर्सीमा हुने उपाधि भिडन्तमा अर्जेन्टिनाले स्पेनसँग सामना गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यता पराजित इङ्ग्ल्यान्डले भने प्रतियोगिताको तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर