काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन् । आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले बहुप्रतीक्षित फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गर्यो । स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
यता दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनायो ।
खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाउनुभएकाे थियाे । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि गोल गर्न संघर्ष गर्नुपर्यो । निको गोन्जालेजको प्रहारलाई गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरे भने एलेक्सिस म्याक एलिस्टेरका दुई प्रहार पोस्टमा ठोक्किए ।
तर खेलको अन्तिम क्षणमा अर्जेन्टिनाले अनुभवी कप्तान लियोनल मेसीको नेतृत्वमा अविस्मरणीय पुनरागमन गर्यो। खेल सकिन पाँच मिनेट बाँकी रहँदा मेसीको पासमा एन्जो फर्नान्डेजले शक्तिशाली प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयाे ।
त्यसपछि इन्जुरी समयमै मेसीले दाहिने फ्ल्याङ्कबाट मिलाइदिएको सटिक क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाउनुभयाे । उक्त जितसँगै मेसीले आफ्नो खेल जीवनमा दोस्रो विश्वकप उपाधि जित्ने अवसर बनाउनुभएकाे छ ।
अब आइतबार हुने फाइनलमा अर्जेन्टिना र स्पेनबीच विश्व फुटबलको नयाँ इतिहास लेखिनेछ । एकातिर करियरको अन्तिम चरणमा रहेका महान् स्टार लियोनल मेसी दोस्रो विश्वकप उपाधिको खोजीमा हुनेछन् भने अर्कोतर्फ युवा सनसनी लामिन यमल पहिलो पटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
अनुभव र युवा जोशबीचको यो प्रतिस्पर्धालाई विश्व फुटबलकै सबैभन्दा प्रतिक्षित फाइनलमध्ये एकका रूपमा हेरिएको छ। मेसी र यमलबीचको प्रत्यक्ष भिडन्तले पनि उपाधि भिडन्तको आकर्षणलाई थप उचाइमा पुर्याएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर