भोजपुर । प्रोत्साह र योगदानको कदर गर्दै भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाले तीन कृषकलाई सम्मान गरेको छ । पालिकाले नगद र सम्मानपत्रबाट तीन कृषकलाई सम्मान गरेको हो ।
गाउँपालिकाले कृषिमा प्रोत्साहन गर्दे कृषि पेशामा निरन्तर लाग्नेहरुको पहिचान गरी सम्मान गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिकाले कृषितर्फ हतुवागढी गाउँपालिका-७ का मानबहादुर राई र वडा नम्वर १ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी गाउँपालिका-२ लुङगिनका चक्रबहादुर थापालाई नगद १५ हजार र सम्मानपत्रबाट सम्मान गरेको छ ।
गाउँपालिकाले कृषकलाई आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउँदै आएको छ भने अनुदान, तालिम, प्रविधि हस्तान्तरणलगायतका कार्यक्रम मार्फत कृषकको क्षमता अभिवृद्धि समेत गर्दै आएको छ ।
गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई पनि नगदसहित सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई जनही ११ हजार एक सय ११ नगद र प्रशंसापत्र प्रदान गरिएको हो । एक जना स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर