काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका व्यवधान हटाउन सरकार सक्रिय रहेको र उनीहरूका उत्पादनलाई देशका प्रमुख पर्यटकीय गन्तव्यमा प्रवर्द्धन गर्ने वातावरण तयार गरिने बताउनु भयाे ।
छलफलमा महिला उद्यमी महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, वस्तु तथा सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन, व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजनेस (बी–टु–बी)’ कार्यक्रम तथा निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका थिए।
महासंघले विकास गरेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन सहयोग गर्न गरेको अनुरोधलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा लिँदै उक्त ब्रान्डलाई तत्काल बजारमा प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर