काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न र व्यापार सहुलियतलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ।
नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ देखि लागू भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएकाले उक्त सुविधा पुनः थप गर्न आग्रह गर्नुभएको हो।
उहाँले नेपाल–अमेरिकाबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा)’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिनुभयो।
भेटका क्रममा मन्त्री यादवले नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको उल्लेख गर्दै थप अमेरिकी लगानी आकर्षित गर्न सरकार इच्छुक रहेको बताउनुभयो।
उहाँले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले व्यापार सहुलियतको निरन्तरता तथा नेपालमा लगानी प्रवर्द्धनका विषयमा अमेरिका सकारात्मक रहेको बताउनुभएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर