इस्लामाबाद । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको बताएको छ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो।
उहाँले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षा तथा अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो।
यसै साता अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी हितलाई लक्षित गर्दै जवाफी कारबाही गरिरहेको छ। दुवै पक्षबीचको तनाव अहिले हर्मुज जलघाँटी केन्द्रित बनेको छ, जसले विश्व ऊर्जा आपूर्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
तेल तथा ग्यास ढुवानीको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यसले द्वन्द्वमा प्रत्यक्ष संलग्न नभएका देशहरूमा समेत मुद्रास्फीति बढ्ने चिन्ता बढाएको छ।
गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच प्रारम्भिक समझदारी भएको भए पनि पछिल्लो हिंसापछि त्यसको कार्यान्वयन प्रभावित भएको छ। अन्द्राबीले हालको अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र खाद्य सुरक्षामा पार्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिनुभयो।
एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर