काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।
पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालका अनुसार नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकरण नमिलेकाले पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। उहाँका अनुसार एमालेका मन्त्रीहरूले केहीबेरमै राजीनामा दिने तयारी गरेका छन्।
हाल बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, उद्योगमन्त्री विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा तथा भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा सहभागी हुनुहुन्छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी रहेको छ। प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिरहनुभएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर