धादिङ । धादिङस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गजुरी शाखामा थप १०० मेट्रिक टन युरिया मल आइपुगेको छ। देशभर युरिया मलको अभाव भइरहेका बेला किसानलाई केही राहत पुग्ने उद्देश्यले उक्त मल भित्र्याइएको कम्पनीले जनाएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गजुरीले सार्वजनिक गरेको विवरणअनुसार असार २८ गतेसम्म शाखामा २३४.७५० मेट्रिक टन युरिया मल मौज्दात थियो। थप १०० मेट्रिक टन युरिया प्राप्त भएसँगै शाखामा युरिया मलको कुल मौज्दात ३३४.७५० मेट्रिक टन पुगेको छ।
शाखाका अनुसार उक्त अवधिसम्म युरियालगायत कुनै पनि प्रकारको मल बिक्री भएको छैन।
हाल शाखामा युरियाबाहेक १२४.१०० मेट्रिक टन डीएपी मल, २.९०० मेट्रिक टन पोटास तथा ५२.९०० मेट्रिक टन कृषि चुन मौज्दात रहेको छ। यससँगै गजुरी शाखामा कुल ५१४.६५० मेट्रिक टन कृषि सामग्री मौज्दात रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आवश्यक प्रशासनिक तथा वितरणसम्बन्धी प्रक्रिया पूरा गरी किसानलाई सहज र व्यवस्थित रूपमा मल उपलब्ध गराइनेछ। वितरण सुरु भएपछि स्थानीय तह, सहकारी संस्था तथा तोकिएका बिक्री केन्द्रमार्फत किसानले आवश्यक परिमाणमा मल प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।
असार महिनामा धान रोपाइँ तीव्र हुने भएकाले युरिया मलको माग उच्च रहने गर्छ। मुख्य खेतीपातीको यही समयमा थप युरिया मल आइपुगेपछि धादिङका किसानलाई मल आपूर्तिमा सहजता आउने र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विगतका वर्षहरूमा पनि रोपाइँको समयमा मल अभावका कारण किसानहरूले सास्ती भोग्दै आएका थिए।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर