संघीय राजधानी काठमाडौंमा इतिहासका विविध कालखण्डमा कृतिम जघन्य घटना हुँदै आइरहेका छन् । जसको साक्षी हिजो हाम्रा पुर्खाहरू थिए । वर्तमानमा हामी छौं । यदि यस्ता अपराधी कर्म सरोकारवाला निकायले न रोक्ने हो भने कुनै बेला शान्ति क्षेत्र घोषणा गरियोस् भनी विश्वसामु प्रस्ताव राख्ने तत्कालीन राजा वीरेन्द्रको त्यो दूरदर्शी विचार र वर्तमान अवस्थाको चित्रणले चित्रित हाम्रो राष्ट्र निकट भविष्यमै अशान्तिको भुमरीमा पर्ने निश्चित देखिन्छ । विसं १९०३ असोज ३ गते सत्ता प्रात्तिका लागि कोतपर्व भयो । त्यसपछि नरसंहारका शृंखला त्यस घटनाबाट सुरु भए । क्रूर राणाशासनको अन्त्य विसं १९९८ असार २२ गते अर्थात् आजभन्दा ९५ वर्ष पहिले भोजपुरकी योगमाया न्यौपानेले आफ्ना ६८ जना साथीसहित अरुण नदीमा जलसमाधि लिइन् ।
जनसमक्ष आएका भन्दा तत्कालीन शासक र नेपाली भूमिको गर्भमा दबिएका बिर्सन नसकिने घटना धेरै छन् । २०५८ जेठ १९ गते राति दरबार हत्याकाण्ड त बिर्सनै सकिँदैन । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गत २५ गते बिहान मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका वर्ष २५ का युवा गणेश नेपालीले पेट्रोल छर्की आफ्नै शरीरमा आगो लगाएको घटना सामान्य किसिमको देखिँदैन । उनको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा निधन भयो । उनी किन आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न पुगे ? प्रश्न सामान्य छैन । यस घटनासँग धेरै प्रश्नहरू र वास्तविक आर्थिक, राजनीतिक, सामाजिक र भौगोलिक अवस्था जोडिएको पाइन्छ ।
आर्थिक अवस्थाका कारण सबै मुगाली जनता मोटर चढ्न सक्दैनन् । त्यहाँका गाउँबस्तीमा गरिबी यति व्याप्त छ कि राजधानीवासीले त्यसको कल्पना गर्न सक्दैनन् । जसमध्ये दलित बस्तीमा देखिएको गरिबीले छाती पोल्छ, आँखाबाट आँसु झर्छन् । त्यही दलित र गरिब परिवारका प्रतिनिधिपात्र थिए गणेश नेपाली ।
इतिहास पल्टाउने हो भने जति घटना घटेका छन्, जति पीडामा मानिस छट्पटाइरहेका छन् तिनीहरू सबै गरिबीसँग सम्बन्धित छन् । देशका सबैभन्दा गरिब वर्ग को हुन् भन्दा उत्तर सहजै आउँछ दलित वर्ग । विसं २०४६ साल र २०६२/०६३ सालको जनआन्दोलन सफल भए पनि जनचाहनानुरूप सरकारले देशमा विकास गर्न नसकेको सबैका सामु छर्लंग छ । आन्दोलनको अग्रपंक्तिमा रहेर काम गर्ने युवा पुस्ताको जनचाहना पूरा हुन सकेन । हरेक पार्टीका नेताहरू कमाउ धन्दामा लागेर भ्रष्टचारी बने । हरेक वर्ष लाखौं युवा कामको खोजीमा विदेशिए । आर्थिक क्षमता भएका युवा खाडी मुलुक, जापान, कोरिया, बेलायत, अमेरिका लागे । बाँकी कामको खोजीमा भारत प्रवेश गरे ।
त्यहाँ पनि जान नसकेका दुर्गम गाउँका युवा नेपालगञ्ज, धनगढी, काठमाडौं, पोखरालगायतका शहरमा पसे । काठमाडौं प्रवेश गरेर पठाओ सेवाबाट भए पनि आफ्नो र परिवारको गुजारा गर्दै आएका प्रतिनिधिपात्र हुन् गणेश नेपाली । चर्चा कर्णाली प्रदेश र मुगु जिल्लाको पनि गरौं । जल, जमिन, जडिबुटी र जैविक विविधताले सम्पन्न प्रदेश हो कर्णाली । कर्णाली प्रदेशमा दशवटा प्राकृतिक सम्पदाले भरिएका जिल्ला छन् । प्रत्येकका आ–आफ्नै अनुपम विशेषता छन् । मुगु जसमध्ये अग्रपंक्तिमा पर्दछ । देशको सबैभन्दा ठूलो र रमणीय ताल ‘रारा’ मुगु जिल्लामै पर्दछ । यस जिल्ला तीन भागमा विभाजित छ ।
सोरु भेग, गम भेग र खत्याड भेग । सोरु र गम भेग केही सुविधा भएका ठाउँहरू हुन् । जहाँका मानिसलाई वर्षेनी मुस्किलले खान पुग्दछ । खत्याड भेग दुर्गम भेग हो जहाँ जीवन धान्न कठिन छ । उत्तरतिर छायाँनाथ र चंखेली रिमालले ओत दिएको छ । कुनै बेला एक रुपैयाँको नेपाली नोटमा चंखेली हिमालको तस्वीर छापेको थियो नेपाल राष्ट्रबैंकले । त्यसबेला मुगुलाई मुगम् जिल्ला भनिन्थ्यो । दक्षिणमा रारातालको सौन्दर्य, उत्तरतिर अग्ला र सुन्दर हिमशृंखलाको छायाँको अवलोकन गर्दै जीवन बिताइरहेका कर्मयोगी छन् । विडम्बना ! दुई वर्ष पहिलेमात्र कालीकोट–जुम्ला सडकले मुगुलाई छुनपुगे पनि त्यो राजमार्ग गरिबको पहुँचभन्दा धेरै टाढा रह्यो ।
आर्थिक अवस्थाका कारण सबै मुगाली जनता मोटर चढ्न सक्दैनन् । त्यहाँका गाउँबस्तीमा गरिबी यति व्याप्त छ कि राजधानीवासीले त्यसको कल्पना गर्न सक्दैनन् । जसमध्ये दलित बस्तीमा देखिएको गरिबीले छाती पोल्छ, आँखाबाट आँसु झर्छन् । त्यही दलित र गरिब परिवारका प्रतिनिधिपात्र थिए गणेश नेपाली । गणेश नेपालीले मुगुबाट राजधानी छिर्नसक्ने क्षमता देखाउनु उनको पहिलो क्रान्तिकारी कदम थियो । मोटरसाइकालमा पठाओ व्यवसाय गरी श्रीमती, छोरीको पालनपोषण गर्नु, बचेको पैसाले घरमा बसेका आमालाई पठाउनसक्छु भनी सोच राख्नु दोस्रो सकारात्मक कदम थियो । जोकोहीले उनको स्वदेशमै काम गरी जीवन पाल्नुपर्छ भनी राखेको विचारलाई मनैदेखि सलाम गर्नुपर्छ ।
यो घटना नितान्त गरिबी, बेरोजगारीसँग जोडिएको देखिन्छ । साथै राजधानीका व्यस्त सडकहरूमा थेग्नै नसकिने सवारी साधनसँग पनि जोडिएको देखिन्छ । सरकारले सडकले थेग्नै नसकिने गरी सवारी चालक अनुमतिपत्र दिएको पाइन्छ । प्रतिदिन सवारी चालकले नियम उल्लंघन गरी सवारी चलाउँदा ठूलासाना सबै सवारी दुर्घटनामा परेका खबर सुनिन्छन् । ट्राफिक प्रहरीले प्रतिघण्टा एक सयजना सवारी चालकप्रति सचेत हुनुपर्नेमा एकजना ट्राफिकले प्रतिघण्टा दुई सयजति सवारीहरूको निगरानी राख्नुपरेको सम्बन्धित पक्षको तर्क छ ।
केही वर्षयता पठाओ सेवाले यात्रुहरूलाई राम्रो सेवा त दिइरहेको बताइन्छ । बंगलादेशबाट सुरु भएको पठाओ सेवा नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, नारायणगढ, वीरगञ्ज आदि शहरमा झण्डै पन्ध्र हजार बढी युवाले रोजगारी पाएका छन् । जोगिएर हिँड्न निकै कठिन छ सवारीसाधनमा । गणेश नेपाली ट्राफिक प्रहरीको घानमा परे । दुबैजना तनावमा परेकाले पनि अप्रिय घटना भएको देखिन्छ । कतिपय घटना मानवीय दया, करुणा र परिस्थितिसँग मेल खाने हुँदा नगरप्रहरी र ट्राफिक प्रहरीले उदारभाव देखाउनु जरुरी हुनेछ । मर्यादित भाषा, शालीन व्यवहार दुबै पक्षका मिलनबिन्दुका आधार हुन् ।
अन्ततः अप्रिय घटना भयो । राजधानीको यस घटनाले सबैलाई चिन्तित तुल्यायो । विशेषगरी कलेजमा अध्ययन गर्दैगरेका स–साना भाइबहिनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउनु अधिकार प्राप्त निकायको प्रथम कर्तव्य हुनआउँछ । पठाओ यातायातको प्रयोग गर्छन् बिहानी कलेज जाँदाका बखत विद्यार्थीहरू ।
पूर्वमन्त्री मोहन बस्नेतजस्ता दाताले स्व.गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरे । छोरीलाई निःशुल्क शिक्षा दिने आश्वासन दिए । श्रीमतीलाई र बाबुआमालाई उनीहरूको क्षमता अनुसार काममा लगाइदिने जस्ता आश्वासन नगरपालिकाले दिएको छ । हो, गरिबको उद्धारका लागि दिल भएका व्यक्तिले र गैरसरकारी संस्थाले खुलेर सहयोग गरून् तर यतिमात्र पुग्दैन ।
पूर्वमन्त्री मोहन बस्नेतजस्ता दाताले स्व. गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँको सहयोग गरे । छोरीलाई निःशुल्क शिक्षा दिने आश्वासन दिए । श्रीमतीलाई र बाबुआमालाई उनीहरूको क्षमतानुसार काममा लगाइदिने जस्ता आश्वासन नगरपालिकाले दिएको छ । हो, गरिबको उद्धारका लागि दिल भएका व्यक्तिले र गैरसरकारी संस्थाले पनि खुलेर सहयोग गरून्, यतिलेमात्र पुग्दैन । नेपाल सरकारले निकट भविष्यमा देशका सातैवटा प्रदेशका बेरोजगार युवा, गरिबीको रेखामुनिका विपन्न परिवारका लागि दीर्घकालीन योजना ल्याउनु जरुरी छ । यसभन्दा अघि नेपाली कांग्रेसको सरकारले ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम ल्याएको थियो ।
नेकपा एमालेको ९ महिने सरकारको कार्यकालमा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएको थियो । वर्तमान सरकारले आर्थिक रूपमा पछाडि परेको कर्णाली प्रदेशका पाँच जिल्लाका लागि आर्थिक समृद्धिका विशेष कार्यक्रम ल्याओस् । कर्णालीका जिल्लाका लागिमात्र नभएर तराईका मुसहर, दलित, विपन्न वर्गको जीवनस्तर उकास्ने दीर्घकालीन नीति ल्याओस् ।
मुगु जिल्लामा एकमात्र विमानस्थल ताल्चा विमानस्थल छ । नेपालगञ्जको रारा विमानस्थलबाट १८ सिटे टुइनअटर विमानमा चामलका बोरा बोकेर विसं २०५५ सालदेखि २०६५ सालसम्म दैनिक ५/६ वटा उडान गरिन्थ्यो, मुगुवासीको चुलोमा चामल पकाउन । यसरी सेवा गर्ने व्यक्ति हुन् वाई.पी.जुहार्चन । क्याप्टेन वाई.पी.जुहार्चनले गरेको हवाई सेवाका लागि मुगुवासी ऋणी छन् ।
देशका अन्य प्रदेशमा भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनौंठा घटना हुँदै आइरहेका छन् । विभिन्न कूरीति कुसंस्कार त्यहीँ छन् । लोकतन्त्रको युगमा गरिबी र निमुखाका आवाज आझै दबिएका छन् । मापदण्डविपरीत यी ठाउँका सडकहरूमा गाडी दुर्घटना परी प्रतिवर्ष दुईसय यात्रुको निधन भइरहेको देखिन्छ ।
काठमाडौंमा सबैथरी मानिसहरूको बसोवास छ । कोही असाध्यै धनी छन् कोही असाध्यै गरिब । कर्णाली प्रदेशबाट काठमाडौं आई भाडाको जमिनमा तरकारी खेती, च्याऊ खेती गर्नेदेखि गलैंचा, कार्पेट बिक्री गर्नेहरूको संख्या धेरै छ । पछिल्लो अवस्थामा कलेजमा पढाउने, सरकारीस्तरमा जागिर खानेदेखि पठाओ राइडरको सेवा दिनेसम्मका काम कर्णालीवासीले गरिरहेका देखिन्छन् । गणेश नेपाली सेवा दिइरहेका थिए, एक्कासि उनको काममा काठमाडौं महानगरपालिका प्रहरी र ट्राफिक प्रहरीको व्यवहारदेखि दिक्दारी लाग्यो, आक्रोश पोख्न मन लाग्यो, गरिबीको झझल्को अनुहारमा देखापर्यो तीन वर्षकी छोरी र २२ वर्षकी जीवनसँगिनीबाट सदाका लागि टाढा हुनुलाई नेपाली समाज र वर्तमान सरकारले गम्भीर भएर बुझोस् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर