धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
ढुंगासहितको पहिरो सडकमा खसेपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार माथिबाट निरन्तर ढुंगा खसिरहेकाले सडक तत्काल सञ्चालन गर्न कठिनाइ भइरहेको छ। पहिरोका कारण सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर