काठमाडौं । नेपालले जर्सीविरुद्धको दुई म्याचको एकदिवसीय सिरिज कब्जा गरेको छ । दोस्रो खेलमा नेपालले जर्सीलाई सात रनले हराउँदै सिरिज कब्जा गरेको हो । आइसिसी क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीविरुद्धको दोस्रो अभ्यास एकदिवसीय खेल पनि आफ्नो पक्षमा पार्दै तयारीलाई सफल बनाएको हो ।
बुधबार राती वर्षाले प्रभावित खेलमा नेपालले डकवर्थ-लुइस-स्टर्न (डिएलएस) पद्धतिअनुसार जर्सीलाई सात रनले पराजित गरेको हो । २८३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४६ ओभरमा पाँच विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसबेला डिएलएसअनुसार नेपालको पार स्कोर २४४ रन रहेकाले नेपाल सात रनले विजयी घोषित भयो ।
नेपालको जितमा इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान दिनुभयो । कुशल भुर्तेलले ५२ रन बनाउनुभयो भने भीम सार्कीले ३७ रन जोड्नुभयो । दीपेन्द्रसिंह ऐरी ३४ रनमा अविजित रहनुभयो । जर्सीका लागि चार्ल्स पर्चार्डले दुई विकेट लिनुभयो । जुलियस समरायर र स्कट भान ब्रेडाले समान एक-एक विकेट हात पार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाएको थियो । जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रन बनाउनुभयो । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रिनबुडले ३२ तथा जोन्टी जेनरले २७ रनको योगदान दिनुभयो । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिनुभयो भने ललित राजवंशीले एक विकेट लिनुभयो । यसअघि भएको पहिलो अभ्यास खेलमा पनि नेपालले जर्सीलाई ८१ रनले पराजित गरेको थियो ।
नेपाल अब नेदरल्याण्ड्समा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सहभागी हुनेछ । उक्त शृंखलामा घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासमेत सहभागी रहनेछन् । प्रतियोगिता जुलाई २१ देखि सुरु हुनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर