काठमाडौं । बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को डिजिटल अधिकार बिक्री भएको छ । डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै ठूलो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको जनाएको छ ।
भदौ दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु हुनेछ । यस चलचित्रलाई बायोपिक सिनेमामा बनाउँदै आउनुभएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ ।
७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को असारको पहिलो साता निर्माणको घोषणा गरिएको थियो । श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, साथै जिन्दगीका सुख, दुःख समेट्दै उहाँको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर फिल्म निर्माण हुनेछ ।
‘ध्रुर्व सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गरेको छ । यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्राण्ड भ्यालुको नतिजा हो,’ निर्देशक चाम्सले भन्नुभयो । नेपाली चलचित्र इतिहासमा कुनै चर्चित व्यक्तिको जीवनीमा सिनेमा बन्नु नयाँ कुरा नभए पनि अभिनेतामाथि बायोपिक बन्न लागेको यो पहिलोपटक हो ।
यसअघि गायक भक्तराज आचार्यको जीवनमा ‘आचार्य’ बनेको थियो भने अन्य क्षेत्रका व्यक्तित्वका बायोपिक पनि बनेका थिए । तर, रंगमञ्च र सिनेमाका हस्ती श्रेष्ठमाथि चलचित्र बन्नुलाई नेपाली सिनेमाको एक ऐतिहासिक मानिएको छ । यस चलचित्रमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुहुने छ । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उहाँले श्रेष्ठकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नुहुनेछ ।
चलचित्रमा हरिवंश आचार्यको भूमिका कसले निभाउनेछ भन्ने विषयलाई अहिले निकै गोप्य र कौतुहलतापूर्ण राखिएको छ । यस्तै, चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नुहुनेछ । चलचित्रको कथा तथा पटकथा यम थापाले लेख्नुभएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर