भक्तपुर । अनिल बुढामगरको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘रातो घेरा-द रेड सर्कल’को छायांकन भक्तपुरबाट आरम्भ भएको छ । विश्राम फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको पहिलो चरणको छायांकन ३० दिने तालिका अनुसार अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार पहिलो चरणमा भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थलहरूमा चलचित्रका महत्त्वपूर्ण दृश्य खिचिने जनाइएको छ । निर्धारित तालिकाभित्र पहिलो चरणको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सामाजिक यथार्थ, मानवीयसम्बन्ध तथा रहस्यलाई केन्द्रमा राखेर निर्माण भइरहेको चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईं, डी.बी.गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुनमगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपांगी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी तथा सुनिल तामाङको अभिनय रहनेछ ।
चलचित्रका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह-निर्मातामा सुमन गुरुङ र खेम राना रहनुभएको छ । निर्देशक अनिल बुढामगरका अनुसार चलचित्र वास्तविक घटनाबाट प्रेरित भएकाले छायांकनदेखि कलाकारको अभिनयसम्म स्वाभाविकपनलाई विशेष प्राथमिकता दिइएको छ ।
चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गर्नुभएको हो । शिशिर बिसंखे छायाँकार रहेको चलचित्रमा मनोज थापामगर र सागर आलेको संगीत, श्रवण मुकारुङ तथा शिव हमालका गीत तथा मनोज थापामगरकै पार्श्व संगीत रहनेछ । जीवन थापा चलचित्रकोद दृश्य सम्पादक रहनुभएको छ भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।
सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कष्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयर डिजाइनमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध हुनुहुन्छ । चलचित्रको वितरण अधिकार काफिया फिल्मस्ले लिएको छ । निर्माण पक्षले चलचित्र आगामी मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर