काठमाडौं । आजदेखि चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रको सोमबार साँझ सिभिल मलमा प्रिमियर शो गरिएको थियो जहाँ चलचित्रले तारिफ बटुलेको थियो । २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै प्रिमियर शो हेर्नेहरूले प्रशंसा गरेका थिए । उनीहरूले ‘गौँथली’ले दर्शकलाई पूरै अवधि बाँधेर राख्ने विश्वास व्यक्त गरे ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले गरेको अभिनयलाई रूचाइएको छ । अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको तारिफ भएको छ ।
डा.कपिल रिजालले निर्देशन गरेको यो चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा अरुण क्षेत्री र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय छ । बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको थियो । चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माताको रूपमा सुमन गिरी र डा.कपिल रिजाल हुनुहुन्छ ।
इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा हुनुहुन्छ । डा.भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गर्नुभएको छ ।
यो चलचित्र अमेरिकामा पनि प्रदर्शन हुनेभएको छ । नेपालमा रिलिज भएको एक सातापछि अमेरिकाका विभिन्न सहरमा चलचित्र प्रदर्शन हुनेभएको हो । चलचित्रको अमेरिकी प्रदर्शन अधिकार (अमेरिका राइट्स) सेभेन सिज इन्टरनेसनल फिल्म्सले खरिद गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर