बुटवल । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत, कपिलवस्तुले बिहीबार कुटपिटसम्बन्धी आरोपमा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले आफूमाथि भएको साङ्घातिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको भन्दै किटानी जाहेरी दर्ता गराउनुभएको थियो।
पीडित शर्माका अनुसार सांसद शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५ देखि २० जनाको समूहले उहाँको निवासमै प्रवेश गरी कुटपिट गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले सांसद शाहविरुद्ध मुद्दा दर्ता भएसँगै अदालतबाट पक्राउ अनुमति प्राप्त भएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।
यसअघि पीडित पक्षले जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेको आरोप लगाएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर