हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालहरूमा स्वास्थ्य उपचार सेवामा विभिन्न सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मन्त्रीस्तरीय निर्णय सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा पत्रकारहरूले उक्त सुविधा प्राप्त गर्ने जानकारी दिनुभयो।
उहाँका अनुसार निर्णय कार्यान्वयनका लागि मन्त्रालयले प्रदेशका सबै प्रादेशिक अस्पताललाई आवश्यक निर्देशनसमेत दिइसकेको छ।
निर्णयअनुसार श्रमजीवी पत्रकारहरूले अन्तरङ्ग (वार्ड) सेवामा क्याबिनबाहेक शतप्रतिशत छुट पाउनेछन्। यस्तै, आइसियू, शल्यक्रिया (क्याबिनबाहेक), प्रयोगशाला, एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
मन्त्रालयका अनुसार प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने प्रत्येक पत्रकारले वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ। आकस्मिक उपचार सेवा भने सरकारले तोकेको विद्यमान व्यवस्थाअनुसार उपलब्ध हुनेछ।
स्वास्थ्यमन्त्री थापाले पत्रकारहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताउँदै यसले सञ्चारकर्मीको पेशागत सुरक्षा र मनोबल अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर