काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था १०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले केन्द्रीय कार्यालयसहित देशभरका शाखामार्फत् सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गैंडाकोट-५, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको केन्द्रीय कार्यालयले गैंडाकोट-१ स्थित अपांग जीवन विकास संस्थालाई करिब ५७ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा चामल, दाल, खानेतेल, नुन, चिउरा, भुजा, मसला, दुर्ई थान पानी फिल्टर तथा ३० थान तन्ना सहयोग गरिएको संस्थाले जनाएको छ । त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिकास्थित सुकदेवचोक शाखाले बजार, मन्दिर तथा अस्पताल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि स्ट्याण्डसहितका डस्टबिन वडा १ का अध्यक्ष नन्दलाल यादवलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी धनुषाको तारापट्टी शाखाले मानव सेवा आश्रम जनकपुरलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ भने गोरखाको भच्चेक, बाराको फेटा, मोरङको केरावारी, कास्कीको पार्दी, काभ्रेपलाञ्चोकको खडपु, गुल्मीको मजुवा, बाँकेको रिमझिमचोक तथा रूपन्देहीको झिमझिमिया शाखाले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभरका एक सय १५५ शाखाले स्थानीय आवश्यकताअनुसार सहयोगमूलक कार्यक्रम सञ्चालन गरेका संस्थाले जनाएको छ । ४५ जिल्लामा करिब एक लाख ८४ हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाको कर्जा लगानी १० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहक सदस्यबाट तीन अर्ब पाँच करोड रुपैयाँभन्दा बढी बचत परिचालन भएको जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर