काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्ट सहजरूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलहरू घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यसाथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र सेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कन्टेन्ट, थप प्रभावकारी स्पाम डिटेक्सन सिस्टम तथा इन्डस्ट्री पार्टनरहरूसँगको सहकार्य विस्तार गरेको हो ।
एआईले सिर्जनशीलता र अभिव्यक्तिका नयाँ अवसर खोल्दै गएको अवस्थामा टिकटकले प्रयोगकर्तालाई एआईमा आधारित अनुभव सुरक्षित र आत्मविश्वास साथ प्रयोग गर्न, मौलिक कन्टेन्ट प्रवर्द्धन गर्न तथा क्रियटरमाथिको विश्वास कायम राख्न आवश्यक टुल्स, पार्टनरसिपहरू र सुरक्षा उपायमा निरन्तर लगानी गरिरहेको जनाएको छ । एआई बुझ्न, प्रयोग गर्न र त्यसमार्फत् सिर्जना गर्न, एआईबारे सही निर्णय लिन जानकारी र शिक्षा आवश्यक हुन्छ । सोही उद्देश्यसाथ टिकटकले न्यूज एण्ड मिडिया लिटरेसी एलायन्स र चर्चित डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँग सहकार्य गरी एआई प्रविधि बुझ्न, एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न तथा एआई टुल्सको जिम्मेवार प्रयोग गर्न सहयोग गर्ने व्यावहारिक गाइड तयार गरेको छ ।
आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने जनाएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा उक्त हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । जसले एआई–जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभव अझ आत्मविश्वाससाथ प्रयोगसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने बताइएको छ । टिकटकको ग्लोबल पब्लिक पोलिसी टिमका एआई प्रमुख टमवर्गिसले भन्नुभयो, ‘हामी टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौं । एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक कन्टेन्टमा हामी निरन्तर लगानी गरिरहेका छौं ।’ टिकटकले एआई साक्षरता प्रवर्द्धन गर्ने विश्वसनीय संस्थाहरूसँगको सहकार्यलाई पनि निरन्तर विस्तार गरिरहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर