काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।
यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थप गरेको हो।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब सोही प्रणालीमार्फत राजस्व पनि तिर्न सकिने जानकारी दिनुभयो।
उहाँका अनुसार नयाँ लाइसेन्स लिन चाहने तथा लाइसेन्स नवीकरण गर्ने दुवै प्रकारका सेवाग्राहीले शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न सक्नेछन्।
नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झट हट्ने विभागको विश्वास छ। यसबाट समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर