काठमाडौं । जो रुटको अविजित ९९ रनको उत्कृष्ट इनिङ्सको मद्दतमा इंग्ल्यान्डले भारतलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटले पराजित गर्दै तीन खेलको शृङ्खला १–१ को बराबरीमा ल्याएको छ।
कार्डिफमा बिहीबार भएको खेलमा भारतले दिएको २३४ रनको लक्ष्य इंग्ल्यान्डले ४४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अनुभवी ब्याटर रुटले १३३ बलमा ९ चौकासहित अविजित ९९ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। उनी शतकबाट केवल एक रनले चुके पनि टोलीको जित नै आफ्नो प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन्।
इंग्ल्यान्डको सुरुआत सहज नभए पनि रुटले एक छेउ सम्हाल्दै विल ज्याक्स र गस एटकिन्सनसँग उपयोगी साझेदारी गरे। एटकिन्सनले बल र ब्याट दुवैमा प्रभावशाली प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
यसअघि टस हारेर ब्याटिङ गरेको भारत २३३ रनमा समेटिएको थियो। विराट कोहलीले ६५ तथा श्रेयस अय्यरले ६६ रन बनाए पनि राम्रो सुरुआतलाई भारतले ठूलो स्कोरमा परिणत गर्न सकेन। १०४/१ को बलियो अवस्थाबाट भारतको मध्यक्रम धराशायी हुँदा अन्तिम सात विकेट ५५ रनमै गुमाएको थियो।
इंग्ल्यान्डका जोफ्रा आर्चर र गस एटकिन्सनले समान तीन–तीन विकेट लिएर भारतको इनिङ्स दबाबमा पारे ।
यस जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ। अब उपाधि विजेताको टुङ्गो निर्णायक तेस्रो एकदिवसीयबाट लाग्नेछ, जुन लर्ड्स मैदानमा आइतबार हुनेछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर