काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आज (साउन १) देखि औपचारिक रूपमा सुरु भएको छ। यससँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वार्षिक बजेट पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त बजेट संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत चालु खर्चका लागि १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ६९.८ प्रतिशत हो। यस्तै, पूर्वाधार तथा विकास निर्माणका कार्यक्रमलाई लक्षित गर्दै पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट छुट्याइएको छ ।
त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । साथै वैदेशिक अनुदानबाट ६१ अर्ब ६४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने योजना बनाइएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धि, निजी क्षेत्रको लगानी प्रोत्साहन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेट कार्यान्वयनसँगै अब विभिन्न मन्त्रालय तथा सरकारी निकायले स्वीकृत कार्यक्रमअनुसार खर्च र विकास आयोजना अघि बढाउनेछन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर