काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिनुभएको छ ।
आज उहाँले जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री शाहले केहीबेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर