हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेपछि मन्त्रीहरूको नयाँ कार्यविभाजन गरेको छ । नेपालको संविधानको धारा १६८ (९) अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार नयाँ कार्यविभाजन स्वीकृत गर्नुभएको हो ।
नयाँ संरचनाअनुसार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेललाई दिइएको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय शिवराज अधिकारीले सम्हाल्ने हुनुभएको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चनचन्द्र वादे, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठको जिम्मामा परेको छ ।
मन्त्रालय संख्या घटाइएपछि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई हालका लागि बिनाविभागीय मन्त्रीका रूपमा राखिएको छ।
आठ मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालय नेपाली कांग्रेसको भागमा परेकोछ भने सत्ता साझेदार नेकपा एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाएको छ।
प्रदेश सरकारले प्रशासनिक संरचनालाई थप चुस्त र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाएको जनाएको छ। यद्यपि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न नभएसम्म सबै मन्त्रीलाई विभागीय जिम्मेवारी दिन सम्भव नभएकाले केही मन्त्रीलाई अस्थायी रूपमा बिनाविभागीय राखिएको सरकारको भनाइ छ । ओएन्डएम प्रक्रिया पूरा भएपछि आवश्यकता अनुसार उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिने तयारी गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर