गोरखा । गोरखामा मलामी गएका एक व्यक्ति दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाकाअनुसार अजिरकोट गाउँपालिका-४ तालफुटे घाटमा मलामी गएका सोही गाउँपालिकाको झ्याँवा निवासी ४० वर्षीय शमशेर नेपाली नदीले बगाउँदा बेपत्ता हुनुभएको हो ।
प्रहरीकाअनुसार बिहीबार दिउँसो करिब १ बजेदेखि उहाँ सम्पर्कविहीन हुनुभएको छ । घटनापछि नेपाल प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा नदी क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बेपत्ता नेपालीको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर