काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिलाई समयअनुकूल सूचना प्रविधि (आईटी) सम्बन्धी पर्याप्त प्रशिक्षण दिन नसक्दा एमाले डिजिटल प्रतिस्पर्धा तथा आफूहरूमाथि हुने आक्रमणको सामना गर्न पछि परेको बताउनुभएको छ।
शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान समयको आवश्यकता पार्टीले बुझे पनि त्यसअनुसार कार्यकर्तालाई पर्याप्त रूपमा प्रशिक्षित गर्न नसकिएको स्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो, “हामीले अहिलेको समय चिनेका छौँ। तर, हाम्रो पंक्तिलाई पर्याप्त प्रशिक्षण दिन सकेनौँ। त्यसैले आईटीको जमाना, आईटीको प्रतिस्पर्धा र हामीविरुद्ध हुने हमलाको सामना गर्न पछि परेका हौँ। अब त्यो कमजोरी सुधार्ने दिशामा अघि बढ्छौँ।”
अध्यक्ष ओलीले सूचना प्रविधिको प्रभावकारी उपयोगका लागि पार्टीको वेबसाइटलाई नियमित रूपमा अद्यावधिक गर्दै निरन्तर सूचना प्रवाह गरिने बताउनुभयो। वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याउँदैमा मात्रै सबै कमजोरी हट्ने नभई पार्टी पंक्तिको क्षमता विकासमा पनि जोड दिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले विभिन्न माध्यमबाट एमालेलाई अप्ठ्यारोमा पार्ने प्रयास भइरहेको उल्लेख गर्दै पार्टीसँग पुनर्जागरण र पुनरुत्थान गर्ने पर्याप्त सामर्थ्य रहेको दाबी गर्नुभयो।
एमालेले डिजिटल प्रविधिमार्फत पार्टीका गतिविधि, सूचना प्रवाह र संगठनात्मक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर