काठमाडौं । साउन महिनाको पहिलो दिन आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शन, पूजा–आराधनाका लागि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटका अनुसार साउने सङ्क्रान्तिका अवसरमा बिहानैदेखि परेको झरीका बाबजुद पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको लामो लर्को लागेको छ।
सनातन हिन्दू परम्पराअनुसार साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिन्छ। यस अवधिमा देशभरका शिवालयमा पूजा, जलाभिषेक र दर्शन गर्ने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्ने गर्दछ।
पशुपतिनाथ परिसरमा विशेषगरी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको उपस्थिति बाक्लो देखिएको छ। साउन महिनाभर दर्शनका लागि आउने भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आवश्यक व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।
कोषका अनुसार साउन महिनाभर स्वयंसेवकका रूपमा खटिने व्यक्तिहरूसँग आज बैठक गरी दर्शन व्यवस्थापन, भीड नियन्त्रण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा काठमाडौंको वसन्तपुरस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत उपत्यकाका विभिन्न शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर