काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै एमाले आफ्नै शक्ति र सामर्थ्यका आधारमा सबै चुनौती सामना गर्दै अघि बढ्ने बताउनुभएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको परिमार्जित वेबसाइट तथा मोबाइल एप सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीका बाबजुद एमाले समाप्त नभई निरन्तर पुनर्जीवित हुँदै अघि बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीलाई एक्ल्याउने प्रयास निरन्तर भइरहेका छन्। तर एमाले स्वतन्त्र हैसियत भएको पार्टी हो। हामी आँधी, हुरी, तुफान र बाढीजस्ता चुनौती पार गर्दै यहाँसम्म आइपुगेका हौँ र अब पनि आफ्नै बलमा अघि बढ्छौँ।”
प्रधानमन्त्री ओलीले एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्थामा नरहेको उल्लेख गर्दै प्रतिकूल परिस्थितिमा पनि पार्टीले आफ्नो मार्ग नछोड्ने स्पष्ट पार्नुभयो।
उहाँले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने प्रवृत्ति एमालेको नभएको उल्लेख गर्दै सबै चुनौतीलाई पराजित गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले समाजमा लोकप्रियतावाद, अवसरवाद तथा सूचना प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै त्यसले समाज र लोकतान्त्रिक राजनीतिक प्रणालीसमक्ष नयाँ चुनौती सिर्जना गरेको बताउनुभयो।
एमालेले डिजिटल माध्यमबाट संगठनात्मक गतिविधि, सूचना प्रवाह र पार्टीका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्नो वेबसाइट र मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक गरेको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर