काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले आवश्यक नीतिगत र प्रशासनिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना र उत्पादन विस्तारमा सरकार सकारात्मक रहेको बताउनुभयो।
उहाँले तीनै तहका सरकारबीच समन्वय गरेर जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने तथा नेपाली उत्पादनको प्रवर्द्धन र बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमा व्यवस्थापन, ट्र्याकिङ प्रणाली तथा अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाइने पनि बताउनुभयो।
छलफलका क्रममा संघका पदाधिकारीहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रण, करको दायराबाहिर रहेका स्वदेशी तथा विदेशी उत्पादनलाई कानुनी दायरामा ल्याउने व्यवस्था, गुणस्तरहीन जुत्ता–चप्पलको आयात नियन्त्रण तथा आयातित उत्पादनमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले उद्योगमैत्री नीति, बजार संरक्षण र आवश्यक सरकारी सहयोग प्राप्त भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विश्वास पनि व्यक्त गरेका थिए।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य तथा प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर