काठमाडौं । बर्ड फ्लु संक्रमणका कारण करिब एक महिनादेखि बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखानाभित्र काग मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। संक्रमणका कारण चिडियाखानामा ४१ वटा पशुपन्छी मरेका थिए।
चिडियाखाना प्रशासनका अनुसार आवश्यक उपचार, सरसफाइ तथा जैविक सुरक्षा व्यवस्थापन पूरा गरी संक्रमणको जोखिम हटेपछि आगन्तुकका लागि चिडियाखाना पुनः खोलिएको हो।
प्रशासनले चिडियाखाना अवलोकन गर्न आउने सर्वसाधारणलाई पशुपन्छीलाई खानेकुरा नखुवाउन, सुरक्षित दूरी कायम गर्न, जनावर तथा पक्षीको नजिक लामो समयसम्म नबस्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।














समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर