काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ७९.७४ अंकले वृद्धि भई २,६७७.५४ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५१ अंकले बढेर ४६८.३८ पुगेको छ। फ्लोट सूचक ५.४५ अंकले वृद्धि हुँदै १८४.०३ मा पुगेको भने सेन्सेटिभ फ्लोट सूचक ४.१३ अंकले बढेर १५८.५६ मा कायम भएको छ।
आज विभिन्न कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
कारोबारमा सहभागी १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूह मात्रै घटेको छ। यस दिन २५९ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।
नेप्सेका अनुसार श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स आरबीबीलगायतका कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर