काठमाडौं । सामान्य वर्षा हुँदा पनि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा पर्ने समस्या अझै समाधान हुन सकेको छैन।
बिहीबार परेको वर्षापछि अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन, सिंहदरबार तथा माइतीघर आसपासका क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको थियो भने यात्रुले लामो समय ट्राफिक जामको सास्ती व्यहोर्नुपरेको थियो।
बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि दीर्घकालीन योजना कार्यान्वयन हुन नसकेको सम्बन्धित निकायले स्वीकार गरेका छन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार माइतीघर क्षेत्र भौगोलिक रूपमा ओरालोमा पर्ने भएकाले वरपरबाट बगेर आएको वर्षाको पानी त्यहीँ जम्मा हुने गर्छ।
उहाँका अनुसार उक्त क्षेत्रको ढल टुकुचा खोलामा मिसिने भए पनि वर्षायाममा टुकुचाको जलसतह बढ्दा ढलको पानी सहज रूपमा निकास हुन नसक्दा सडकमै पानी जम्ने समस्या उत्पन्न हुन्छ।
प्रवक्ता राईले मुख्य समस्या ढल निकास प्रणालीमै रहेको उल्लेख गर्दै अधिकांश ढलका पाइप पुराना र साँघुरा भएकाले अहिलेको वर्षाको बहाव धान्न नसकिरहेको बताउनुभयो।
माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्ने विषयमा छलफल भए पनि विस्तृत योजना अझै कार्यान्वयनमा आउन सकेको छैन।
विशेषज्ञहरूका अनुसार तीव्र सहरीकरण, वर्षाको पानीका लागि छुट्टै निकास प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी–खोलाको प्राकृतिक बहाव साँघुरिँदै जानु काठमाडौं उपत्यकामा डुबानको समस्या बढ्नुका प्रमुख कारण हुन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर