काठमाडाैं । अमेरिकासँगको बढ्दो सैन्य तनावका बीच इरानको गतिविधि अब आफ्ना परम्परागत साझेदार र मध्यस्थ राष्ट्रहरूसम्म असर पार्न थालेको विश्लेषण गरिएको छ। इरानी मिसाइल आक्रमणका कारण कतार असन्तुष्ट बनेको बताइएको छ भने पाकिस्तानले साउदी अरेबियासँग सम्बन्धित विषयमा इरानलाई सार्वजनिक रूपमा चेतावनी दिन थालेको छ।
क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका कतार र ओमानजस्ता देशहरू लामो समयदेखि इरान र पश्चिमी मुलुकबीच संवादको पुलका रूपमा सक्रिय थिए। तर पछिल्ला घटनाक्रमपछि कतारको असन्तुष्टि बढेको र ओमानको मध्यस्थकारी भूमिका पनि कमजोर बन्दै गएको विश्लेषण भइरहेको छ।
यस्तै, साउदी अरेबियासँग सम्बन्धित विषयलाई लिएर पाकिस्तान र इरानबीच पनि नयाँ तनाव देखिन थालेको छ। यसले क्षेत्रीय शक्ति सन्तुलन र कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउने संकेत गरेको छ।
विश्लेषकहरूका अनुसार इरान अहिले केवल आफ्ना प्रतिद्वन्द्वीहरूसँग मात्र होइन, अहिलेसम्म कूटनीतिक रूपमा महत्वपूर्ण मानिएका मित्रवत् तथा मध्यस्थ राष्ट्रहरूसँगको सम्बन्ध पनि जोखिममा पार्ने दिशातर्फ अघि बढिरहेको देखिन्छ। यसले मध्यपूर्वको सुरक्षा अवस्था र क्षेत्रीय कूटनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने आकलन गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर