प्रिय काली !
छोराछोरीलाई पढ्न नपठाउनु ल !
वृद्ध बुबाआमा, आफू र कसैको पनि
स्वस्थ्योपचार नगर्नु ल !
बिजुली बत्ती पनि नबाल्नु
अध्यारोमै बस्नु ल !
किनकि,
पढायो भने छोराछोरी शिक्षित हुन्छन्
उपचार गर्यो भने रोग निको हुन्छ
धेरै बाँचिन्छ, जनसंख्या बढ्छ
बिजुली बाल्यो भने
ओल्लो घर पल्लो घरकाले देख्छन्
आँखा लाग्छ
त्यसैले, बत्ती नबाल्नु ल !
प्रिय काली !
यो मैले भनेको होइन
सरकारले भनेको
टेर्नु नि ! अटेर नगर्नु
सरकारले भनेको मान्नु पर्छ
नपढ्नु, उपचार नगर्नु
झुक्केउली नि ! बत्ती नबाल्नु
आजदेखि नेपालीको घरघरमा
तीन घण्टी एकसाथ बजेको छ
सरकारको उर्दी मान्नु
नत्र घण्टी टिनिनी बज्छ ।
( धुलाबारी झापा )







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर