काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित समितिमा छ जना सदस्य मनोनीत गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) बमोजिम नारायणप्रसाद ढकाल (काठमाडौं) र अर्चना थापा (ललितपुर)लाई नेपाल प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा मनोनयन गरिएको छ।
त्यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) अनुसार बत्सगोपाल वैद्य र लोकबहादुर चित्रकार (दुवै ललितपुर)लाई सिफारिस समिति सदस्यमा मनोनयन गरिएको छ।
यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) बमोजिम लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई सिफारिस समिति सदस्यमा नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
तीनवटै सिफारिस समितिले सम्बन्धित प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सरकारसमक्ष सिफारिस गर्नेछन्।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर