काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले गराएको भन्ने निष्कर्ष पुष्टि नभएको भन्दै घटनाको वास्तविक सत्य अझै सार्वजनिक हुन बाँकी रहेको बताउनुभएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दरबार हत्याकाण्डलगत्तै विश्वभर एउटै कथालाई सत्यका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो।
उहाँले तत्कालीन युवराज दीपेन्द्रले आफ्ना बाबु–आमा, भाइ–बहिनी तथा परिवारका अन्य सदस्यको हत्या गरी अन्ततः आत्महत्या गरेको भन्ने ‘रेडिमेड कथा’ विश्वव्यापी रूपमा फैलाइएको दाबी गर्नुभयो।
“२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड हुनेबित्तिकै एउटा तयार पारिएको कथा विश्वभर फैलाइयो। युवराज दीपेन्द्रले आफ्नै परिवारको वंश समाप्त पारेर आफूले पनि आत्महत्या गरेको भनियो,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि त्यही कथाले स्थान पाएको उल्लेख गर्दै घटनाको वास्तविकता अझै स्पष्ट हुन नसकेको बताउनुभयो।
“२० वर्षभन्दा बढी समयसम्म त्यही गलत सूचनाले राज गर्यो। सही सूचना के हो, अझै थाहा छैन। त्यो कथाको रचनाकार को हो, मूल वाचक को हो भन्ने पनि स्पष्ट भएको छैन,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले दरबार हत्याकाण्ड कसले गर्यो भन्ने विषय अझै निष्कर्षमा नपुगेको उल्लेख गर्दै युवराज दीपेन्द्रको प्रेम सम्बन्ध असफल भएकै कारण घटना भएको भन्ने कथा पनि षड्यन्त्रमा संलग्न पक्षले निर्माण गरेको दाबी गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर