विराटनगर । कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार, सार्वजनिक खरिद तथा सामाजिक कार्यक्रमसँग सम्बन्धित तीन महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीका कारण प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३’ स्वीकृत गरेको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिद नियमावली, २०८३’ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ लाई समेत स्वीकृति दिएको प्रवक्ता पराजुलीले जानकारी दिनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर