काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारलाई उहाँको सचिवालयले पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा सचिवालयले ‘पूर्वप्रधानमन्त्री देउवा लडेर हात भाँचिएको’ भन्ने समाचारको खण्डन गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा, “सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,” उल्लेख गर्दै कुनै आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास भएको बताइएको छ।
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर